सोमवार, जेष्ठ ७, २०८१

न्युरोड क्षेत्रमा भोलिदेखि पार्किङ गर्न नपाइने

 काठमाडौँ माघ ८,

काठमाडौं महानगरले माघ ९ गते मंगलबार देखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । साथै पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने जनाएको छ ।

 न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना महानगरले बनाएको जनउ दिदै महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसंगै सवारी आवागमनमा समेत सहजता हुने बताए ।

महानगरले मंगलवारबाट धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिने उनले बताए ।