सोमवार, जेष्ठ ७, २०८१

यस्तो छ मन्त्रिपरिषद् बैठकका १६ बुँदे निर्णय

काठमाडौँ माघ ४,
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको १६ बुँदे निर्णय आज सार्वजनिक गरेको छ ।सरकारका प्रवक्ता रेखा शर्माले आज सार्वजनिक गर्नुभएको निर्णय निम्नानुसार रहेको छ ।

१ राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने

२ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधारा [१] बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

३ मालपोत नियमावली, २०३६ को नियम ४ क। को उपनियम [१] बमोजिम देहायको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने । नेपाल सरकारले मालपोत नियमावली, २०३६ को नियम ४क। को उपनियम [१] को प्रयोजनको लागि जग्गा [नापजाँच] ऐन, २०१९ बमोजिम नाप नक्सा भएको जग्गा दर्ता गर्नसम्म छुट भएमा त्यस्तो जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने म्याद यो सूचना प्रकाशन भएको मितिले २ वर्ष र कार्यालयमा यसअघि नै निवेदन परी फछ्र्यौट हुन बाँकी रहेका पुराना निवेदनहरू फछ्र्यौट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले २ वर्ष तोकेको छ ।

४ नेपाल सरकारका नाममा रहेको विराटनगर महानगरपालिका–५ स्थित १३ कट्ठा २ धुर जग्गा नेपाल खानेपानी संस्थान विराटनगर शाखालाई खानेपानी संरचना निर्माण गर्न लिजमा उपलब्ध गराउन स्वीकृति दिने ।

५ आगामी फागुन १४–१८ केन्याको नैरोबीमा हुने यूनाइटेड नेशनन्स इन्भायरोन्मेन्ट एसेम्ब्लीमा नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी वन तथा वातावरण मन्त्री डा। वीरेन्द्रप्रसाद महतोलाई सहभागी हुन स्वीकृति दिने ।

६ बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा, समूह र उपसमूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा, समूह र उपसमूहका पदमा बढुवा नियुक्त गर्ने ।

७ बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालाई सर्तहरू पालना गर्नेगरी महोत्तरीको बर्दिबास नगरपालिका–४ मा पर्ने माईस्थान सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातिका १९६७ वटा रूख/पोल हटाउन स्वीकृति दिने ।

८ सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ का किरणबाबु पुनलाई नियुक्त गर्ने ।

९ खुर्कोट जग्गा एकीकरण आयोजनाको लागि करिब ६७७ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने ।

१० नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा उदयपुरका पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने ।

११ घारीगाउँ [चौरजहारी नयाँ सहर] जग्गा एकीकरण आयोजनाको लागि करिब ५८५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने ।

१२ नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा काठमाडौं निवासी रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने ।

१३ सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा म्याग्दी निवासी डा.रवि मल्ललाई मनोनयन गर्ने ।

१४ रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति [गठन] आदेश, २०८० स्वीकृत गर्ने ।

१५ ग्रीन हाइड्रोजन नीति–२०८० स्वीकृत गर्ने ।

१६ सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा चार किल्ला तोकी पशु बधशाला स्थापना गर्न इजाजत दिने ।