सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि (पहिलो संशोधन) अध्यादेश जारी

 काठमाडौँ माघ ४,

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व [पहिलो संशोधन] अध्यादेश २०८० जारी गरेका छन् । राष्ट्रपति पौडेलले आज प्रस्तुत अध्यादेश जारी गर्नुभएको हो ।

 राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरे अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा [१] बमोजिम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व [पहिलो संशोधन] अध्यादेश जारी गरेका हुन् ।

 स्मरण ।होस बुधवार बसेको मन्त्रिपरिषद बैटकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधारा [१] बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।