सोमवार, जेष्ठ ७, २०८१

सहकारी घोटाला प्रकरणको छानविनको माग गर्दै बिभागमा नेविसंघको धर्ना

 रास्वपा सभापति रवि लामिछानेविरुद्ध समेत नारावाजी

काठमाडौँ माघ ४,

नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पछिल्लो समय सहकारी घोटाला प्रकरणको छानविन गर्दै दोषीहरूलाई कडा कारबाहीको माग गर्दै सहकारी विभागमा उजुरी दर्ता गरेको छ ।

नेविसंघले सहकारी विभागमा उजुरी सहितको ज्ञापन पत्र बुझाएसंगै सहकारी घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कारबाहीको माग गर्दै नारावाजी सहित प्रदर्शन समेत गरेका छन ।  स्मरण रहोस, रास्वपाका सभापति लामिछाने पनि पछिल्लो समय सहकारी घोटालाप्रकरणमा जोडिएको छ ।

प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य अनुराग शाह, आदर्श मल्ल,नर बहादुर भण्डारी, सरोज थापा, प्रविन जमकट्टेल, निर्मला शाह, निलम बोगटी, मोहन कालाथोकी लगायतको संघ आवद्ध विभिन्न जिल्ला नेताहरुको समेत सहभागिता रहेको थियो ।