सोमवार, जेष्ठ ७, २०८१

१५ लाख रुपैयाँ घुससहित बनेपा ९ का वडाध्यक्ष बादे पक्राउ

 काठमाडौँ माघ ४,

काभ्रे बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादे घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार भक्तपुरको गठ्ठाघरबाट रंगेहात पक्राउ गरेको हो ।

घर(बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानी येन, एक सय अमेरिकी डलर, हुन्डाई आईटेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ ।