सोमवार, जेष्ठ ७, २०८१

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान

 काठमाडौँ माघ ४,

असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत युगाण्डा प्रस्थान गर्नुभएको छ।

माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी कम्पाला प्रस्थान गर्नुभएको हो।  प्रधानमन्त्री प्रचण्डले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू हुनुहुन्छ।  प्रधानमन्त्री माघ ७ गते नेपाल फर्किने कार्यक्रम छ।