आइतवार, जेष्ठ ६, २०८१

यस्तो छ मन्त्रिपरिषद् बैठकका निर्णयहरू

तस्वीर: प्रदिपराज वन्त

 

काठमाडौं माघ ३
आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा ‘राजनीतिक दलसम्बन्धी ऐन-२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता रेखा शर्माले बैठक पछि जानकारी दिनुभयो ।

त्यस्तै बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन-२०७६ लाई संशोधन गर्न बनेको विधेयक-२०८०’ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय संगै नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाइ नियुक्त गर्ने निर्णय गरेो छ।

त्यस्तै गरि गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा.रवि मल्ल,नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द न्यौपाने र सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता शर्माले बताpनुभयो ।