आइतवार, बैशाख २३, २०८१

सामाजिक सञ्जालमा गौशाला २६’को तस्बिर सार्वजनिक गर्ने केशरमान राई प्रहरीको फन्दामा

काठमाडौं माघ ३
सामाजिक सञ्जालमा क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि उक्त मुद्दाकी पीडित ‘गौशाला २६’को तस्बिर सार्वजनिक गरेको अभियोगमा संखुवासभा चिचिला गाउँपालिका-२ स्थाई घर भएका ३२ वर्षीय केशरमान राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्विर सार्वजनिक गरी दुस्ख हैरानी तथा मानसिक आघात पुर्‍याएको भन्ने पीडितको उजुरीको आधारमा साइबर व्यूरोले अनुसन्धान गर्ने क्रममा राईलाइ जिल्ला प्रहरी कार्यालय संखुवासभाको सहयोग संखुवासभाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका राइ उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि उक्त मुद्दाकी पीडित ‘गौशाला २६’को तस्बिर सार्वजनिक गरेको अभियोगमा एकजनालाई प्रहरीले जनाएके छ।