सोमवार, जेष्ठ ७, २०८१

नेपाल औषधि लिमिटेड: २० प्रकारका औषधि उत्पादनको महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै

 काठमाडौँ पुस २८,

सरकारी स्वामित्वको औषधि उत्पादन कम्पनी नेपाल औषधी लिमिटेडले आफ्नो साखलाइ जोगाइ राख्न महत्वाकांक्षी योजना अघि सारेको छ । नेपाली जनमानसमा एक किसिमको वेग्लै पहिचान बनाउँन सफल यो कम्पनीले सरकारले जनतालाई निःशुल्क वितरण गर्नका लागि आवश्यक पर्ने औषधी लिमिटेडले आफैँ उत्पादन गर्ने तयारी गरेको हो ।

नेपाल औषधी लिमिटेडले हाल उत्पादन गरिरहेका औषधीसंगै सरकारबाट उपलब्ध हुँदै आएको ९८ प्रकारका औषधीमध्ये २० प्रकारका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष निेर्दशमा ९८ प्रकारका औषधीमध्ये २० प्रकारका औषधि लिमिटेडले उत्पादन गर्दै सरकारलाई औषधि बिक्री गर्ने तयारी गरेको महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिनुभयो ।

त्यस्तै उहँँले सरकारले तत्कालका लागि लगानी गरेको अवस्थामा उत्पादन गरेर सरकारको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसबाट वर्षेनि अर्बौको औषधिजन्य पदार्थको आयात समेत निरुत्साहित गर्न सकिने बताउनुभयो ।  स्मरण रहोस औषधिको प्रतिस्प्रर्धी बजारमा विगतमा लिमिटेडले एक सय ४६ प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । केही समय सिटामोलमात्र उत्पादन गर्दै आएको लिमिटेडले हाल नौ प्रकारका औषधि उत्पादन गर्दै आएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु