सोमवार, जेष्ठ ७, २०८१

उपत्यकामा माघे संक्रान्तिदेखि मेलम्चीको पानी वितरण हुने

काठमाडौँ पुस २८,
उपत्यकामा माघे संक्रान्तिदेखि मेलम्चीको पानी वितरण हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार बिहीबारदेखि सुरुङमा पानी छोडिएको छ ।  गत साउनमा मेलम्ची नदीमा आएको बाढीका कारण अनिश्चित भएको मेलम्चीको पानी पुनः वितरण गर्ने गरी काम भइरहेको हो । बाढीका कारण बालुवा, माटो पसेको सुरुङको हाल सफाइ भइरहेको छ । शुक्रबार रातिसम्म सुरुङ सफाइको काम सकिने र १ माघबाट वितरण हुने समितिले जनाएको छ ।

‘१ माघमा पानी वितरण हुने गरी काम गरिरहेका छौँ,’ प्रवक्ता पन्तले भने, ‘अहिले सुरुङ सफा गर्ने काम भइरहेको छ । हिजो छोडिएको पानी सुन्दरीजल नै आइपुगिसकेको छ । तर, सुरुङ सफाइको काम भइरहेको छ । सफा हुनेबित्तिकै सुरुङमा पानी हालेर भर्छौँ ।’ समितिका अनुसार २८ पुसमा सुरुङ सफाइको काम सकिएर पानी भरिनेछ । २९ पुसमा बाँकी सबै काम हुनेछ । र, १ माघमा पानी वितरणका लागि तयारी हुनेछ ।

समितिले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बिहीबार पानी पथान्तरण गरेको थियो । उपत्कामा मेलम्ची ल्याउनका लागि खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा ३ पुसमा बसेको बैठकले आकस्मिक परिस्थितबाहेक २८ दिनको कार्यतालिका बनाएर काम गरेको थियो । समयमै काम सम्पन्न गर्न दुई सिफ्टमा जनशक्ति परिचालन भएको थियो ।

हाल उपत्यकामा ४० करोड लिटर पानीको माग छ । तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०ले हाल दैनिक १२ करोड लिटर पानी वितरण गर्दै आएको छ । केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर मात्रै वितरण गर्दै आएको छ । मेलम्चीको पानी आउन छाडेपछि केयुकेएलले भूमिगत पानीका स्रोत जस्तैस् बोरिङ, ट्युबेल र धाप ड्यामको पानी प्रशोधन गरेर वितरण गर्दै आएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु