सोमवार, जेष्ठ ७, २०८१

जनवरी २२ को राममन्दिर प्राण प्रतिष्ठामा धर्मगुरु शंकराचार्यहरु सहभागि नहुने

पुस २६/नयाँ दिल्ली, 

शंकराचार्यहरुको अवहेलना भएको भन्दै सर्वोच्व धर्मगुरु शंकराचार्यहरु राममन्दिर उद्घाट्नमा सहभागि नहुने भएका छन् । बहुचर्चित र बहुप्रतिक्षीत भारतको अयोध्या राममन्दिर उद्घाट्न समारोहमा शासन र विधिको उल्लंघन भइरहेकाले हिन्दुधर्मका सर्वोच्व धर्मगुरु शंकराचार्यहरुले धर्म शासनको पालना गराउनु आफुहरुको कर्तव्य भएको बताउँदै सहभागि नहुने जनाएका हुन् ।

भारतको उत्तरप्रदेशको अयोध्यामा भगवान रामको मन्दिरको एक भव्यसमारोहका वीच जनवरी २२ तारिख अर्थात् नेपाली समय अनुसार माघ ८ गते बुधबार उद्घाट्न तथा प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ ।

पुरीको गोवर्धन पीठका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले हिजो बुधबार मध्यप्रदेशको रतलाम सहरमा सनातन धर्म सभामा उपस्थित पत्रकारहरूसँग कुरा गर्दैै “हाम्रो मठले अयोध्याको कार्यक्रमको लागि निमन्त्रणा प्राप्त गरेको तर मन्दिरमा रामलीलाको मूर्तिको स्थापना शास्त्रविधि [हाम्रो शास्त्रको सिद्धान्त] अनुसार गर्नुपर्छ तर त्यहाँ “धार्मिक अभ्यासका लागि हाम्रो सल्लाह र निर्देशन   नखोज्यको बताउँदै आफुहरु सहभागि नहुने बताउनुभएको हो ।

उहाँले “म विचलित छैन, तर अन्य सनातनी हिन्दूहरू जस्तै खुसी छु, विशेष गरी वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी आफूलाई धर्मनिरपेक्ष रूपमा चित्रण गर्नमा विश्वास गर्दैनन्। उहाँ साहसी हुनुहुन्छ तर हामी त्यहाँ शंकराचार्य भएर के र्गछौ जब मोदीजी[पीएम मोदी]ले सबै स्थापनाका विधि र काम आफै गर्नेछन् । के म ताली बजाएर उहाँलाई अभिवादन गर्न त्यहाँ जानु रु उहाँले ‘म विगतमा पनि अयोध्या जाँदै आएको छु र भविष्यमा पनि भगवान रामको दर्शन गर्नका लागि त्यही धार्मिक सहरमा जानेछु, शताब्दीयौंदेखि अवरुद्ध रहेको काम अन्तिम चरणमा पुगेको छ यो राम्रो काम हो ।

त्यसैगरी अर्का शंकराचार्य स्वामी अभिमुक्ति स्वरम्ले कुनै राज द्धेषका कारण नभइकन शंकराचार्यको दायित्वका कारण आफूहरु त्यहाँ नजाने उल्लेख र्गदै उनले “त्यहाँ विधिको उल्लंघन भइरहेको र पूर्णरुपमा मन्दिर निर्माण सम्पन्न नभइ सामान्यपरिस्थीतीमा प्राणप्रतिष्ठा गर्नु ठिक नभएकाले ती विधि र पद्धती विपरितका गतिविधी स्वीकार गर्न आफूहरुलाइ गाहा्रे भएको, विधि र पद्धतीको कुरा र्गर्दा हामी माथी एन्टी मोदीको आरोप लागीरहेको बताउँदै हामी एन्टी मोदी होइन म् तर हामी एन्टी धर्मशास्त्र पनी हुन सक्दैनौ ।” बताएका हुन् । हिन्दुधर्ममा चार पिठका गरी जम्मा४ वटा शंकराचार्य हुन्छन् ।

उता राम मन्दिरका संरक्षक तथा ट्रष्टका महासचिब चम्पत राइले राममन्दिर रामानन्द समूदायको भएकाले त्यहाँ शंकराचार्यको भूमिका नहुने जवाफदिएका छन् । अयोध्या राममन्दिर विवाद एउटा राजनीतिक ,ऐतिहासिक र सामाजिक धार्मिक विवाद हो । जुसले ९० को दशकमा भारतमा उग्ररुप लिएको थियो भने यो विबाद सबैभन्दा लामो समय सम्म चलेको बिबाद हो ।

यस विवादको मुल मुद्धा हिन्दू  देवता र रामको जन्मभूमि र बाबरी मस्जिदको हो । ऐतिहासिक तथा रोचक र लामो कानुनी लडाई सँगै ५ सय बर्ष पुरानो पुरानो लामो प्रतिक्षा र कडा लडाई पछी यही अर्को साता मन्दिरको उद्घाटन हुने भएको छ । जस्का लागी नेपालको जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर अघिल्लो सातानै अयोध्या ल्याइसकिएको छ ।