सोमवार, जेष्ठ ७, २०८१

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन

काठमाडौं पुस २६, 

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । लामिछानेलाई काठमाडौं जिल्ला अदालतले बुधवार बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय सुनाएपछि नेपाल क्रिकेट संघ [क्यान] ले निलम्बन गरेको हो ।

जिल्ला अदालत काठमाडौंले बुधबार बलात्कार सम्बन्धी मुद्दामा ८ वर्ष कैद सजाय हुने निर्णय सुनाएसंगै क्यानका अध्यक्ष चतुर वहादुर चन्दले आज एक वि1प्ति जारी गर्दै लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ ।