सोमवार, जेष्ठ ७, २०८१

आज चारवटा संसदीय समितिको बैठक  बस्दै

  काठमाडौं पुस २६,

प्रतिनिभिसभा अन्र्तगत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयले आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने तयारी रहेको जनाएको छ।

त्यस्तै सचिवालयले बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २२ औं बैठक बस्दैछ भने दिउँसो २ बजे

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने जनाएको छ। आजको बैठकमा संवैधानिक परिषद् [काम, कर्तव्य, अधिकार र कार्यविधि] सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।