सोमवार, जेष्ठ ७, २०८१

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैदको फैसला

 ‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं पुस २५,  

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले अन्तिम फैसला सुनाएको छ । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजायसंगै ५ लाख रूपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश सुनाइएको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको जिल्ला अदालतले जनाएको छ।

गत १३ पुसमा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तीन वर्षभन्दा भन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्था अनुसार आजको मिति तोकिएको थियो । यद्यपी काठमाडौं जिल्ला अदालतको आदेश विरुद्ध लामिछाने उच्च अदालतजाने भएका छन ।