आइतवार, जेष्ठ ६, २०८१

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार [नामावली सहित]

 काठमाडौं पुस २३,

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि खसत्तासाझेदार दल नोपली काँग्रेसले उम्मेदवारहरु टुंग्याएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतवार बसेको बैठक र आज विहान बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो ।

काँग्रेसले सत्तागठबन्धन बैठकको निर्णय अनुसार १९ सिटमध्ये प्राप्त १० सिटमा कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला र मधेस प्रदेशमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने भएकोछ । यसैगरी कर्णाली प्रदेशको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिम प्रदेशको अन्यमा बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको सो पार्टीले जनाएको छ ।

स्मरण रहोस, कोशी प्रदेशबाट सिफारिस भएका
सिटौला गत वर्ष मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा पराजित भएका थिए । तर सिटौलाको नाममा आइतबारै सहमति भएसंगै निर्वाचनमा पराजित भएको १३ महिनापछि उनी राष्ट्रिय सभा छिर्ने पक्का भएको छैन उनलाइ राष्ट्रिय सभा अध्यक्ष बनाउने तयारी समेत भएको बुझिएको छ।