सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रिय सभा निर्वाचन:मतदाता दुई हजार ४७, कुल मतभार सन्ताउन्न् हजार ५५९

काठमाडौं पुस २२ ,
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार आयोगले माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो ।

प्रकाशित अन्तिम नामावली अनुसार कोशीमा प्रदेश सभातर्फ ९३, मधेशमा १०७, बागमती ११०, गण्डकी ६०, लुम्बिनी ८७, कर्णाली ४० र सुदूरपश्चिम प्रदेशमा ५२ गरेर कुल मतदाता सङ्ख्या ५४९ सहित कुल मतभार ५७ हजार ५५९ रहेको आयोगले जनाएको छ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फ सातै प्रदेशमा मतदाता सङ्ख्या १४९८ रहेको छ भने मतभार २८हजार ४६२ रहेको आयोगले जनाएको छ ।