सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढदल नेकपा माओवादी केन्द्रले टुंग्यायो उम्मेद्‌वार

 काठमाडौं पुस २२ ,

आसन्न राष्ट्रियसभा निर्वाचनको लागि सत्तारुढदल नेकपा माओवादी केन्द्रले  उम्मेदवारको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो ।

यसअघि सत्ता गठबन्धनको आज बसेको बैठकले संयुक्त रूपमा उम्मेदवार उठाउने निर्णय गर्दैै सिट बाँडफाँट गरेको थियो । सोही बाँडफाँटमा माओवादी केन्द्रको भागमा परेको ६ सिट अनुरुप उम्मेदवार छनौट गरेको हो ।

जसअनुसार कोशी प्रदेशमा चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरूपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु चन्दलाई उम्मेदवार बनाउने भएको छ ।