सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रियसभा निर्वाचनका लागि एमालेको टुंग्यायो उम्मेद्‌वार [नामावली सहित]

  काठमाडौं पुस २२ ,

आसन्न राष्ट्रियसभा निर्वाचनको लागि प्रमुख प्रतिपक्षिदल नेकपा एमालेले उम्मेदवारको नाम टुंग्याएको छ । सोमवार उममेदवारी दर्ताको कार्यतालिका रहेका कारण आज प्रमुख दलहरुले उम्मेदवारको नाम टुंग्याएको हो । एमालेले राष्ट्रियसभाको रिक्त हुने १९ सिटमै उम्मेद्‌वारी दिने तयारी अनुसार आज आफ्नो दलको तपर्फबाट उम्मेदवारको छनौट गरेको हो ।

जस अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला [सुनसरी], अन्यबाट पर्शुराम अधिकारी [भोजपुर], मधेशमा महिलाबाट उषादेवी थरुनी [पर्सा], अन्यबाट अर्जुनकुमार सिंह राजपुत [महोत्तरी], बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं [दोलखा], अन्यबाट त्रिलोचन निर्मल पौडेल [चितवन], अपांगता र अल्पसंख्यकबाट विवेक देवकोटा[काठमाडौं], दलितबाट ध्रुवराज विश्वकर्मा [धादिङ], गण्डकीमा महिलाबाट सम्झना देवकोटा[गोरखा], अन्यबाट चक्रबहादुर पराजुली [स्याङ्जा], अपांगता र अल्पसंख्यकबाट हेमन्द्र शेरचन [मुस्ताङ], लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी [दाङ], अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री [पाल्पा], कर्णालीमा महिलाबाट विमलाकुमारी शाही [हुम्ला], अन्यबाट डिल्लीप्रसाद भट्ट [मुगु], दलितबाट हिक्मत विक  [दैलेख], सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे [कैलाली], अन्यबाट ईश्वरीप्रसाद खरेल [कञ्चनपुर] र अपांता र अल्पसंख्यकबाट रामचन्द्र जोशी [कैलाली] रहेका छन् ।

 यसैवीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आसन्न् राष्ट्रिय सभाको सिट बाँडफाँटको टुंगो लगाएका छन् । जसअनुसार कांग्रेसले १० सिट पाएको छ । यस्तै माओवादी केन्द्रले ६ र एकीकृत समाजवादीले २ सिट पाएको छ । यस्तै अर्को सत्ता सझेदार दल जनता समाजवादीलाई १ सिट दिने सहमति कायम गरेका छन ।