सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रिय सभा निर्वाचन: सत्ता गठबन्धनको बैठकले टुंग्यायो राष्ट्रिय सभाको सिट

 काँग्रेसलाइ १० माओवादीलाइ ६ एकीकृत समाजवादीलाइ २ र जनता समाजवादीलाई १ सिट

काठमाडौं पुस २२ ,
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आसन्न् राष्ट्रिय सभाको सिट बाँडफाँटको टुंगो लगाएका छन् ।

बैठकबाट भएको नितिगत सहमति अनुसार कांग्रेसले १० सिट पाएको छ । यस्तै माओवादी केन्द्रले ६ र एकीकृत समाजवादीले २ सिट पाएको छ । यस्तै अर्को सत्ता सझेदार दल जनता समाजवादीलाई १ सिट दिने सहमति भएको बैठकपछि नेपाल कांग्रेसका प्रमुख सचेतक रमेश लेखक जानकारीदिनुभयो ।

तर तीन सिट पाउाु पर्ने अडानमा रहेको एकीकृत समाजवादीले २ सिट पाउँदै गर्दा एकीकृत समाजवादीले असहमति जनाएको बुझिएको छ ।