सोमवार, जेष्ठ ७, २०८१

१२ स्वर्ण सहित राष्ट्रपति रनिङ्ग शिल्ड विश्व निकेतन स्कूललाई

काठमाडौँ पुस २१,
१२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालयले तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । पुस १७ गते सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा विद्यालयले स्वर्णसहित २ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको छ ।

पदमकन्या माध्यमिक विद्यालय डिल्लीबजारमा शिक्षा विभागले आयोजना गरेको पुरस्कार वितरण तथा समापन कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, सामाजिक समितिका संयोजक रामकुमार के. सी., निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी सीताराम कोइरालाले पदक र शिल्डसहित विद्यालयलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार दोस्रो र ५ स्वर्ण, १३ रजत र ५ कास्य पदक सहित बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले तेस्रो हुँदै गर्दा ५ स्वर्ण, १ रजत र १ कास्य पदक हासिल गर्ने ज्ञानोदय माध्यमिक विद्यालयले सान्त्वाना पुरस्कारमा चित्त बुझाएका छन । त्यस्तै गत बर्ष शिल्ड प्राप्त गर्ने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयलाई शिल्डको रेप्लिका प्रदान गरिएको थियो ।

कार्यक्रममा तेस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयहरुलाई क्रमशः ४० हजार रुपैयाँ र ३० हजार रुपैयाँ सहित पुरस्कृत गरियो थियो । प्रतियोगितमा सहभागी कुल ३ हजार २५० जना छात्रछात्रा खेलाडी मध्ये भलिवल खेलमा ८ सय जना, कबड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना खेलाडीवीच प्रतिस्पर्धा गरायएको थियो ।