सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचन:  सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं पुस २१,
आगामी माघ ११ मा सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न  प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्यको चयनका लागि निर्वाचन हुन लागेको हो ।

आजको    बैठकले  गठबन्धन दलबीच सिट बाँडफाँटको अन्तिम निर्णय गर्दै  पुस २३को  उम्मेदवारी दर्ताको  तयारी गर्ने  रणनिति बनाएको  बुझिएको छ

जारी बैठकमा सत्ता गठबन्धनमा ७ दल सहभागी भए पनि राष्ट्रियसभाको चुनावमा भने चार दलबीच गठबन्धन हुनेछ । चार दलमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ७ र एकीकृत समाजवादी र जसपाले ३९३ सदस्यमा दाबी पेस गरेको समाचार स्रोतले जनाएको छ।

यद्यपी कांग्रेसले ९, माओवादी केन्द्रले ६ र एकीकृत समाजवादी र जसपाले २(२ सदस्य लिएर भागबन्डा मिलाउने आन्तरिक तयारी रहेको बुझिएको छ ।