सोमवार, जेष्ठ ७, २०८१

प्रधानमन्त्री प्रचण्डको निर्देशनसंगै शुक्रवार आह्वान गरेको उपकुलपति दरखास्त रद्ध

  काठमाडौं पुस २२ ,

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि गत शुक्रवार आह्वान गरेको दरखास्त रद्ध गरेको छ।  उपकुलपतिका लागि आह्वान गरिएको दरखास्तको चौतर्फी आलोचना भएसंगै प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिएपछि त्रिवि सिफारिस समितिले  प्रकाशित उक्त दरखास्त आज गोरखापत्रमा सूचना जारी गर्दै रद्ध गरिएको जनाएको हो।

ज्ञात रहोस, प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति प्रचण्डले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुन सक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिनुभएको थियो ।

 यसअघि प्रकाशित दरखास्तमा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नु भनेको सूचनाका कारण योग्य व्यक्ति उपकुलपति बन्ने बाटोबाट बञ्चित भएको भन्दै सर्वत्र आलोचना भएको थियो।