सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रिय सभा सदस्य निर्वाचन: आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै

 काठमाडौं पुस २२ ,
निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागिका आज मतदाताहरुको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार आज अन्तिम मतदाता नममावली प्रकाशन हुन लागेको हो।  आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको पद रिक्त हुँदै गरेको र राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था अनुसार आयोगले माघ ११ मा राष्ट्रिय सभा सदस्य निर्वाचन गर्न लागेको हो ।

 राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुने यस निर्वाचन प्रयोजनका लागि आयोगले यसअघि सबै आवश्यक प्रक्रियापछि २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत गरेको थियो । त्यस्तै अयोगले कुल मतदाता संख्या २ हजार ४७ मध्ये प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरि १ हजार ४९८ जना रहेको जनाएको छ ।

 त्यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ मध्ये प्रदेश सभा सदस्यतर्फ ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ निर्धारण गरेको छ । जसअनुसार प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ।