सोमवार, जेष्ठ ७, २०८१

बालकुमारी घटना : सरकार-मृतकका आफन्तबीच ४ बुँदे सहमति

  • राज्य व्यवस्था तथा सुशासन समितिको बैठक
  • दोषीलाई कारबाही गरिने गृहमन्त्री गृहमन्त्री  श्रेष्ठको प्रतिवद्धता
  • श्रम, मन्त्री भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको भूमिकाको छानबिन गर्न सरकारलाई निर्देशन

काठमाडौं पुस १६,
गत शुक्रवार ललितपुरको बालकुमारी भएको प्रदर्शनको क्रममा भएको घटनामा मारिएकाका अछामका वीरेन्द्र शाह , दैलेखका सुजन राउतका आफन्त र सरकारबीच चारबुँदे सहमति भएको छ ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मृतकका आफन्तवीच आज गृह मन्त्रालयमा उक्त सहमति भएको हो ।

सहमति पत्रमा मृतकका परिवारका तर्फबाट अछामका वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गर्नुभएको छ भने अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्की सांसद दीपकुमारी शर्माले रोहबर हस्ताक्षर गनुभएको छ।

त्यस्तै चार बुँदे सहमति पत्रमा १० मृतकका परिवारलाई, परिवारका सदस्यहरूसँगको सल्लाहमा १ ९१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने , सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने र  मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने उल्लेख गरिएको छ।

यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा घटना छानबिनका लागि ३ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन समेत गरिएको छ।

यसैवीच आज बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उच्चस्तरीय समितिको सुझाव तथा प्रतिवेदनबमोजिम दोषीलाई कारबाही गरिने प्रतिबद्धता जाहेर गर्नुभएको छ।  त्यस्तै बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भूमिकाबारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

   यस्तो छ सहमति : समितिका सभापति रामहरि खतिवडाले बालकुमारी घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिने निर्णयसंगै दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री त्था मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिनुभयो ।