सोमवार, जेष्ठ ७, २०८१

नेपाली राजनीतिमा राष्ट्रिय एकता तथा मेलमिलापको खाँचो : दलिय शिर्ष नेतृत्व

काठमाडौं पुस १६,   

नेपाली कांग्रेसले आज ४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा राजधानीमा वृहत शान्ति सम्झौताका पक्षधर विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरुको विशिष्ट आतिथ्यतामा विमर्श सभाको आयोजना गरेको छ ।

विमर्श सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विपि कोइराला नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्व भएको कुरामा कसैको बिमति नरहेको बताउनुभएको छ ।  त्यस्तै उहाँले जनुसुकै पार्टी र राजनीतिमा भए पनि अहिले सबै नेताहरू विपी स्कुलबाट प्रभावित भएको बताउँदै वीपिले भनेको जस्तै राष्ट्रिय एकता तथा मेलमिलापको खाँचो नेपाली राजनीतिमा रहेको जनाउसंगै विश्वको उच्चतम राजनीतिक व्यवस्था लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष जनतालाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।

सम्बोधनकै क्रममा प्रम प्रचण्डले बालकुमारी घटना सामान्य नभएर लोकतन्त्रविरुद्धको डिजाइन भएको टिप्पणीसंगै सरकारले सोचेको जस्तो काम गर्न नसकेको स्वीकार्दै काम गर्न नसक्ने मन्त्रीलाई बर्खास्त गर्ने चेतावनीसमेत दिनुभयो ।

त्यस्तै सभालाइ सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफनो पार्टी राष्ट्रियता, सुशासन, समृद्धि र विकासको प्रसंगमा राजनीतिक दलहरूसँग मेलमिलाप गरेर अघि बढ्न चाहेको बताउनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ । सभापति देउवाले बिपी कोइरालाले तत्कालीन समयमा देशको भविष्यका लागि मेलमिलापको मार्ग अख्तियार गर्नुभएको चर्चा गर्दै मुलकमा पछिल्लो समय देखिएको अनेकन समस्याको सम्बोधनका लागि सबै मिलेर एकता कायम गरी मुलुकमा शान्ति सुव्यवस्था संगै सुसाशन कायम गनु पर्ने बताउनुभयो ।

सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरत्‌सिंह भण्डारी , जनमोर्चाको नेता चित्र वहादुर केसी लगायतले वोल्नुभएको थियो ।