सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचन:आज सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

 काठमाडौं पुस १७,

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ। आयोगले यसअघि तय गरेको निर्वाचन कार्यक्रम अनुरुप आज सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन लागेको हो ।

 त्यस्तै आयोगले बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला,लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की,कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्‍चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याललाइ निर्वाचन अधिकृतमा नियुक्त गर्दै निर्वाचन कार्यक्रम सञ्चालन गर्न कार्यादेश समेत दिइसकको र अवको चरणमा पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने जनाएको छ।

राष्ट्रिय सभासदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने संवैधानिक व्यवस्था अनुरुप निर्वाचन आयोगले यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई हजार ४७ जना मतदाताको नामावली    स्वीकृत गरिसकेको छ ।

निर्वाचनका लागि स्वीकृत मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेकाले प्रदेशसभा सदस्यको कुल मतभार २९,०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८,४६२ गरी जम्मा ५७,५५९ मतभार कायम गरिएको आयोगले जनाएको छ।

स्मरण रहोस , राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ राजनीतिक दलले दल दर्ता गराएका छन ।