सोमवार, जेष्ठ ७, २०८१

पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा बालकुमारी घटनाको छानविनका लागि जाँचबुझ आयोग गठन

 मन्त्रिपरिषद् बैठकको खाजाखर्च कटौती

काठमाडौं पुस १६,
आज बसेको मन्त्रिपरिषद् बैठकले गत शुक्रवार ललितपुर महानगरपालिका वडा नम्बर ८, बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानविन गर्नका लागि जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व एआइजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोगलाइ लाइ वालकुमारी घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययनरविश्लेषणसंगै सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने कार्यादेश दिइएको छ।

त्यस्तै आयोगलाइ घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको एक महिनाभित्र पेश गर्ने कार्यादेश दिइएको छ ।

त्यस्तै बैठकले प्रत्येक मन्त्रिपरिषद् बैठकमा खाजा खर्च अन्र्तगत हुने गरेको करिब ६० हजार रुपैयाँ खर्च कटौती गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  सचिवालयले मन्त्रिपरिषद्‌मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख रुपैयाँ जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सरकारको नेतृत्व गरेको एकवर्ष पुगेको अवसरमा राष्टको नाममा सम्बोधन गर्दै प्रम प्रचण्डले गनुृभएको सरकारको कार्यशैली बदल्ने सवालमा गरेको घोषणा अन्र्तगत यस किसिमको निर्णय भएको जनाउदै सचिलावलयले पछिल्लो समय प्रधानमन्त्री दाहाल सार्वजनिक बिदाका दिनबाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गरेको जानकारी दिएका छन ।  त्यस्तै यसअघि प्रधानमन्त्री कार्यालयमा ६८ कर्मचारीको दरबन्दी समेत कटौती गरिएको सचिवालयले जानाकारी दिएको छ।