राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काँग्रेसले आज विमर्श सभाको आयोजना गर्दै

 काठमाडौं पुस १६,

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा ४८ औं मेलमिलाप दिवस मनाइँदैछ ।

२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रजातान्त्रिक आन्दोलनका आधारस्तम्भ जननेता वीपी कोइरालासहित गणेशमान सिंह, रामबाबु प्रशाई ,शैलजा आचार्य, निलाम्बर पन्थी, खुमबहादुर खड्कालगायतका नेताहरु ८ वर्षे निर्वासन जीवन बिताएर आजकै दिन मुलुक र जनअधिकारको रक्षाका लागि ज्यानको बाजी लगाएर मेलमिलापको नीतिका साथ राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएका थिए ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गर्नुभएका बिपी कोइराला कुनै दल विशेषको मात्र नभई सम्पूर्ण मुलुककै राजनेताका रुपमा चिनिनुहुन्छ । त्यसैकारण आज पनि देशलाई संकटबाट मुक्त गर्न राष्ट्रिय मेलमिलापको सन्देश उत्तिकै सान्दर्भिक रहेको छ ।

तर तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै स्वदेश फर्कनुभएका कांग्रेस नेता बिपी कोइरालाले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति राजनीतिक दल र राजा मिल्नुपर्ने धारणा राख्न हुने बिपीलगायत नेताहरुलाई राजा महेन्द्रले भने मेलमिलाप त परै जाओस् उल्टै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए ।

यसैवीच आज ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काँग्रेसले लोकतन्त्र प्राप्तिका लागि पटक–पटकका आन्दोलनमा योगदान गरेका तथा वृहत शान्ति सम्झौताका पक्षधर विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरुको विशिष्ट आतिथ्यतामा दिउँसो १ः०० काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा विमर्श सभाको आयोजना गर्दैछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु