आइतवार, बैशाख २३, २०८१

बैंक नाफामा जानु आफैमा सकारात्मक पक्ष : गभर्नर अधिकारी

कृषि विकास बैंक स्थापनाको ५७ औं वर्षमा :

काठमाडौं माघ ७ ,

कृषि विकास बैंक स्थापनाको ५७ औं वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।

बैंकको ५७औं वार्षिकोत्सवका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालले आयात गर्ने गरेका कृषि उपजको आयात प्रतिस्थापन गर्नको लागि पनि बैंकले कृषि क्षेत्रको लगानीलाई निरन्तरता दिनु पर्ने बताउँदै बैंकको वित्तीय विवरणको आफैमा प्रशंसनिय रहेको बताउनुभएको छ ।

त्यस्तै उहाँले बैंकको बोर्ड, व्यवस्थापन र कर्मचारीको अथक मेहनत र प्रयासले दोस्रो त्रैमासमा राम्रो रिकभरी बढेर बैंक नाफामा जानु आफैमा सकारात्मक पक्ष रहेको भन्दै कृषि क्षेत्रमा नयाँ तरिकाले लगानी गर्न खोज्नेका लागि नयाँ किसिमले वित्तीय लगानीका मागै प्रसस्त गर्नुपर्ने बताउनुभयो ।

स्मरण रहोस बैंकले आजै सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ३५ करोड खुद नाफा कमाएको उल्लेख रहेको छ ।

त्यस्तै व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवालाई परियोजनामा आधारित सहुलियत कर्जा, महिला उद्यमशील कर्जा, प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जालगायत क्षेत्रको कर्जालाई प्राथमिककरण गर्दै आइरहेको छ ।