आइतवार, जेष्ठ ६, २०८१

काँग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा अवसर नपाएकालाई प्राथमिकता दिने

काठमाडौं  पुस १४, 

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड बनाउँदै अहिलेसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।  आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीमा लामो समयसम्म योगदान पुर्‍याएका, तर अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 बैठकपछि प्रचार विभाग प्रमुख समेत रहेका काँग्रेस नेता मीन विश्वकर्माले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार छनोट गर्दा भूगोल, क्षेत्र र समुदायलाई समेटेर लामो समयसम्म योगदान गरेका, तर अहिलेसम्म कुनै पनि अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकरण गर्दै उम्मेदवारचयन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

साथै बैठकले आगामी माघ ७ देखि २२ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन विषयक १५ दिने अभियान सञ्चालन गर्ने लगायतका ९ बुँदे निर्णय संगै पुस १६ मा मनाइने राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम समेत जानकारी भोलि [आइतबार] दिउँसो १ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने र जानकारी दिनुभयो ।

यसैवीच आजको बैठकमा पार्टीका उपसभापति एवं नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू-फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू-प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अजुर्ननरसिंह केसी, बलबहादुर केसी, जीपछिरिङ लामा, जीवनबहादुर शाही, पुष्पा भुसाल, शंकर भण्डारी n]  आ–आफ्नो धारणा राख्नु भएको थियो ।

त्यस्तै गरि   मिनाक्षी झा, गोविन्द भट्टराई, प्रदीप पौडेल, रमेश लेखक, शिवप्रसाद हुमागाँइ, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, चन्द्रबहादुर केसी, डा.आरजु राणा देउवा, राजीव ढुंगाना, गोविन्दबहादुर शाह, डा.रणबहादुर रावल, प्रतिमा गौतम, जावेदा खातुन जागा, जानकी सिंह, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, उर्मिला नेपाल के।सी।, सिताकुमारी राना, सुशीला ढकाल  , विद्यादेवी तिमिल्सीना, शान्ति परियार विक, सीता थपलिया  , गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, शारदा पौडेल, प्रदेश सभापतिहरू अमरसिंह पुन -लुम्बिनी प्रदेश  र बीरबहादुर बलायर -सुदूरपश्चिम प्रदेशले आ–आफ्नो धारणा राख्नु भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।