सोमवार, जेष्ठ ७, २०८१

बालकुमारी घटना: गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित

 ललितपुरका प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउँदै गृहमन्त्रालय तानियो

 काठमाडौं  पुस १४, 
सरकारले ललितपुरको बालकुमारीमा भएको घटनामा कमजोरी भएको भन्दै ईपीएस कोरिया शाखाका निर्देशक, ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ ।  ईपीएस शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई तत्कालका लागि निलम्बन गरिएको छ भने प्रजिअ रुद्रसाद पण्डित, ललितपुरका प्रहरी प्रमुख शिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाउँदै गृहमन्त्रालयमा तानेको छ ।

बालकुमारी घटनाका बेला फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत ९पीएसओ० बोधराज दनुवारलाई समेत निलम्बन गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबारबाट काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बालकुमारी घटनामा केही कमजोरी भएको बताउँदै जिम्मेवार अधिकारीहरुलाई निलम्बन गरिएको जानकारी दिएका थिए ।

यसअघि प्रधानमन्त्रीप्रचण्डले बालकुमारी घटनाबारे आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहित काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारीसँग ब्रिफिङ लिएका थिए ।  साथै हाँले उक्त घटनाका बारेमा सत्ता गठबन्धन दलका नेताहरूसँग पनि छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।