आइतवार, जेष्ठ ६, २०८१

नेपाल सुपर लिग : धनगढीलाई ३-२ ले हराउँदै ललितपुरले चुम्यो शिर्ष उपाधि

काठमाडौं  पुस १४, 
नेपाल सुपर लिग अन्र्तगत आज भएको फाइनल खेलमा धनगढीलाई ३-२ ले हराउँदै ललितपुरले शिर्ष उपाधि जितेको छ ।

खेलको निर्धारित ४५ मिनेटसम्म एक गोलको अग्रतामा रहेका धनगढी विरुद्ध ललितपुरका लागि पहिलो गोल इमोह इजिकेले गरेका थिए । त्यसपछि खेलको दोस्रो हाफको सुरुमै ललिपुरले दुई गोल गर्‍यो । ५१औं मिनेटमा दिनेशले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा इमोहले आफ्नो दोस्रो गोल गर्दै ललितपुरलाई ३९१ को अग्रता दिलाएउँदै प्रतियोगितको शिर्ष उपाधी जितेको हो ।

यो जितसंगै ललितपुर नेपाल सुपर लिगको नयाँ च्याम्पियन बन्दै ७० लाख रुपैयाँ नगद पुरस्कार जितेको छ भने उपविजेतामा सीमित बनेको धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्न सफल भएको छ।