सोमवार, जेष्ठ ७, २०८१

सातै प्रदेशका मुख्यमन्त्रीको बैठक: प्रधानमन्त्री प्रचण्डलाइ आज सात बुँदे साझापत्र बुझाइने

 काठमाडौं  पुस १४, 

बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रवार  सम्पन्न सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले सात बुँदे साझापत्र तयार गरी प्रधानमन्त्री समक्ष आज पेश गर्ने भएको छ ।

सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायधिवक्ता र प्रमुख सचिवसहितको बैठकले  तयर गरेको   साझा पत्रमा प्रदेशको अधिकार प्रत्यायोजनका  माग सहित  गत असार १६ गते पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न आग्रह गर्ने लगायतका विषयवस्तु समेटिएको  छ ।

 त्यस्तै  सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्षको पहिचान सहित   तयार गरेको  सात बुँदे  निर्णय कार्यान्वयन नगरे दबाबमूलक संघर्षका कार्यक्रम गरिने चेतावनी समेत  दिइएको छ ।

 बैठकमा  कोशी प्रदेशका मुख्यमन्त्री   केदार कार्की,  मधेशका सरोजकुमार यादव , वाग्मतीका शालिकराम जम्कट्टेल , गण्डकीका सुरेन्द्रराज पाण्डे ,लुम्बिनीका डिल्लीबहादुर चौधरी,  सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र कर्णालीका राजकुमार शर्माको सहभागीता रहेको थियो ।