सोमवार, जेष्ठ ७, २०८१

बालकुमारी घटना: प्रदर्शनकारीको जायज माग सम्बोधन गर्न काँग्रेसको माग

काठमाडौं पुस १३,
सत्ता साझेदार दल नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले ललितपुरको बालकुमारी स्थित इपिएस कार्यालय अगाडि प्रदर्शनका क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाउँदै प्रदर्शनकारीले उठाएका जायज मागहरुलाई सम्बोधन गर्न सरकारसंग माग गरेको छ।
त्यस्तै बैठकले कोरियाली भाषा परिक्षा सम्बन्धी विषयमा भएको प्रदर्शनको क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसंगै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

त्यस्तै बालकुमारी घटनाको छानविनका लागि सरकाले गठन गरेको समितिले घटनाको सत्य–तथ्य छानविन गरी दोषीलाई कानूनी कार्वाही गर्नुका साथै घटनामा घाइते भएकाहरुको यथाशीघ्र उचित उपचार गर्न काँग्रेसले माग गरको छ ।

यसैवीच आजको बैठकमा नेपाल सरकारका अर्थ मन्त्री डा प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउँद, सहरी विकास मन्त्री सीता गुरुङ, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सम्पादित भूमिका र कार्यहरुका सम्बन्धमा बैठकलाई जानकारी गराउनु भएको थियो ।

त्यस्तै केन्द्रीय सदस्यहरू— ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, डा।चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, ईश्वरी न्यौपाने, कल्याणकुमार गुरुङ, किरण यादव, डा गोपाल दहित, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, रमा कोइराला,कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, प्रदिपकुमार सुनुवार, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, राजीवबिक्रम शाह, डा।चन्द्रमोहन यादव, प्रकाश रसाइली स्नेही, हरिशरण नेपाली, प्राडा गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, सुशिला थिङ, रुपा विक , डा। जीवन राना, राधा घले, धना खतिवडा, कल्याणी रिजाल संगै प्रदेश सभापतिहरु उद्धव थापा , शुक्रराज शर्मा, ललितजंग शाहीले आ–आफ्नो धारणा राख्नु भएको पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।