सोमवार, जेष्ठ ७, २०८१

जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

 काठमाडौं पुस १३,

  जनयुद्ध दिवस फागुन १ मा बिदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।  ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसमा बिदा दिने सरकारी निर्णय बदर गरेको हो ।

शान्तिप्रक्रियाका कार्यभार पूरा नहुँदै दिइने बिदाले पीडितलाई थप पीडाबोध गर्ने व्याख्या सहित सर्वोच्चले आज दिएको आदेशमा जनयुद्ध दिवसमा देशभर सार्वजनिक बिदा दिने नेपाल सरकारको यसअघिको सबै निर्णय र सूचनाहरूसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको उल्लेख गरिएको छ ।