सोमवार, जेष्ठ ७, २०८१

बलात्कार मुद्दामा क्रिकेटर लामिछाने दोषी ठहर, पुस २५ गते कसुर निर्धारण गरिने

काठमाडौं पुस १३,
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले लामिछानेमाथिको आरोप पुष्टि हुने फैसला सुनाएका हो

यद्यपी दोषि ठहर भएका लामिछानेलाइ कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले त्यसका लागि फेरि छुट्टै सुनुवाइ हुने भएको छ । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्ने बताइएकोछ ।