सोमवार, जेष्ठ ७, २०८१

सङ्घीयता कार्यान्वयनमा तपाईहरूजत्तिकै गम्भीर छु : प्रधानमन्त्री

 प्रम प्रचण्डलाई मुख्यमन्त्रीहरुको साझापत्र-संघीयता कार्यान्वयनमा गम्भीर बन्न आग्रह

काठमाडौं  पुस १४,
बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रवार  सम्पन्न सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले तयार गरेको नौ बुँदे साझापत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन ।  संघीयता कार्यान्वयनमा संघ सरकार गम्भीर नबनेको निष्कर्ष सहितको उक्त  सात बुँदे साझापत्र बुझाउँदै मुख्यमन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई संघीयता कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरेका छन्।

मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी भएनन्। कार्यव्यतताका कारण मुख्यमन्त्री शाह वाहेक बाँकी ६ जना मुख्यमन्त्रीहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीसंग भेटवार्ता गरेको हो ।

यसैवीच मुख्यमन्त्रीहरूले बुझाएको सात बुँदे ध्यानाकर्षण पत्र बुझ्दै  प्रधानमन्त्री प्रचण्डले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले सङ्घीय कानुनहरू निर्माणका निम्ति आफू गम्भीर रूपमा लागिरहेको बताउनुभयो।

त्यस्तै उहाँले तपाईहरू सबै जानकार नै हुनुहुन्छ। मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरेको थिएँ, त्यसका निम्ति सङ्घर्ष गरेको थिएँ। त्यसलाई संविधानमा लिपिवद्ध गर्नसमेत मैले भूमिका खेलेको छु, नेतृत्व लिएको छु। त्यसैले सङ्घीयता कार्यान्यवन मेरो सबैभन्दा ठूलो चासो र प्राथमिकताको विषय हो। खाली यो कसरी कार्यान्वयन गर्ने, संसदमा सहभागी सबै दलहरूलाई पनि सहमत गराएर कसरी अगाडि बढ्ने भन्ने विषयले गति लिन नसक्दा समय लागेको बताउनुभयो ।
साथै उहाँले मैले सङ्घीय निजामती ऐन, सङ्घीय शिक्षा ऐन, प्रहरी समायोजन ऐन लगायतका सङ्घीयता कार्यान्वयनसम्बन्धी ऐनहरू निर्माणका लागि द्रूतताका साथ काम गरिरहेको तपाईहरूलाई जानकारी नै छ भन्दै ‘विधेयकहरू प्रस्तुत पनि भइसकेका छन्। अब छलफलको माध्यमबाट त्यसलाई निष्कर्षमा लैजान बाँकी रहेका ले शीर्ष राजनीतिक तहमा छलफल गरेर त्यसलाई टुंङ्गो लगाउन थप पहल गर्ने बताउनुभयो ।