सोमवार, जेष्ठ ७, २०८१

मप बैठक: प्र.म.कार्यालयको ६८ वटा दरबन्दी कटौतीसंगै गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

 काठमाडौं पुस १२,

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको मौजुदा दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय संगै गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३६ हजार ५० रूपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठक पत्रकारहरुसंग कुराकानी गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनः संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम स्वीकृत गर्दै दरबन्दी कटौती गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले आजको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णय गरेको जानकारी दिदै बाँकी निर्णय नियमित पत्रकार सम्मेलन मार्फत सार्वजनिक हुने बताउनुभयो ।