सोमवार, जेष्ठ ७, २०८१

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दर्ता, सुनुवाइ शुक्रवार

काठमाडौं पुस १२,
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिनासहितले आज रिट दर्ता गरेका हुन् ।

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको तर, गर्भनर अधिकारीको योग्यता ऐनबमोजिमको नभएको हुँदा उक्त पदका लागि योग्य नहुने दाबी गरिएको छ।
त्यस्ते मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर रिटको पेसी शुक्रबार बिहान १० बजेका लागि तोकिएको छ ।

स्मरण रहोस, यसअघि पनि गभर्नर अधिकारीको शैक्षिक योग्यताका विषयमा लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृतले सर्वोच्चमा रिट दायर गरे पनि सर्वोच्चले खारेज गरिदिएको थियो ।