आइतवार, जेष्ठ ६, २०८१

बालुवा डिपो सञ्चालक कुइँकेलसहित उपभोक्ता समितिका पदाधिकारीविरुद्ध मुद्दा दायर

  काठमाडौं पुस १२,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु लक्ष्मण अधिकारी, मोहन प्रसाद कुईकेल र बालुवा डिपो संचालक सुसान्त कुईकेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उपभोक्ता समितिका पदाधिकारीहरू अध्यक्ष लक्ष्मण अधिकारी, सचिव प्रेमप्रसाद भण्डारी र सदस्य मोहन प्रसाद कुइँकेल र र बालुवा डिपो संचालक सुसान्त कुईकेलले गोकर्णेश्वर नगरपालिकासँग गरिएको सम्झौता विपरीत सो सडक निर्माण ठेक्का सम्पन्न गरी नगरपालिकाबाट रकम भुक्तानी लिइसकेपछि पनि सेवाग्राहीसंग एक् लाख रुपैया घुस लिएको जनाएको छ ।

सेवाग्राहीसँग एक लाख रुपियाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलस् उनिहरुलाइ नियन्त्रणमा लिइएको जनाउदै उपभोक्ता समितिको नाममा विचौलियाको भूमिका निर्वाह गर्दै घुस लिने समितिका पदाधिकारीहरु अधिकारी, भण्डारी , कुईकेल र विरुद्ध विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम एक लाख रुपियाँ कायम गरी कैद र जरिवानाको मागदाबी लिई विशेष अदालत काठमाडौँमा आज मुद्धा दायर भएको आयोगले जनाएको छ ।