सोमवार, जेष्ठ ७, २०८१

चूडामणि शर्मा भ्रष्टाचार प्रकरण : विशेषको फैसलाविरुद्ध सर्वोच्चमा आयोगको पुनरावेदन

काठमाडौं पुस ११,
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेष अदालत मिति २०८०- २ -१८ मा  गरेको फैसलाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।  अभियोग पुष्टि हुने आधार भए पनि विशेष अदालतबाट दाबी नपुग्ने फैसला भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार सर्वोच्च अदालतमा मुद्दाको पुनरावेदन गरेको हो ।

आयोगले पुनरावेदन गरेको मुद्धामा तत्कालीन महानिर्देशक शर्माले प्रस्तुत मुद्दामा मिसिल संलग्न आधार, कारण र प्रमाणहरुबाट प्रतिवादी चुडामणि शर्मा सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४५-४ -२३ देखि मिति २०७३-०८-२९ सम्मको अवधिलाई जाँच अवधि कायम गरी उक्त जाँच अवधिमा शर्माले आय आर्जन गरेको तीन करोड ६३ लाख ७२ हजार ९६१ रूपैयाँ तुलनामा विभिन्न शीर्षकहरुमा गरिएका खर्च तथा लगानी सात करोड ९३ लाख २७ हजार ८५ रूपैयाँ देखिएको उलेख गरिएको छ।

त्यस्तै यसवीचमा शर्माले खर्च गरेको चार करोड २९ लाख ५४ हजार १२४ रूपैयाँ गैरकानुनी रूपमा आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखिँदा शर्माले भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर गरेको पुष्टि भएको दाबीसहित अख्तियारले श्रीमती कल्पना उप्रेती शर्मासमेतको नाममा राखेको देखिएकाले जफत गर्ने प्रयोजनार्थ मुुद्दा दर्ता गरेको थियो ।

तर विशेष अदालतले शर्मा विरुद्ध अख्तियारको मागदावीका नपुगेको भन्दै शर्माले सफाई पाउने ठहर गरी भएको फैसला त्रुटिपूर्ण रहेको र उक्त त्रुटिपूर्ण फैसला बदर गरी प्रस्तुत मुद्धाको पुनरावेदन गरेको हो ।

यस्तो छ आयोगको पुनरावेदन मागदावी :