सोमवार, जेष्ठ ७, २०८१

समाजवादी मोर्चाको बैठक:अध्यादेश मार्फत प्रदेशलाई अधिकार सम्पन्न बनाउँन प्रमलाइ सुझाव

काठमाडौं पुस ११,
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले प्रदेशलाई दिनुपर्ने अधिकार अध्यादेश ल्याएर भए पनि दिनुपर्ने सुझाव प्रधानमन्त्री प्रचण्डलाइ सुझाव दिएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बैठकमा जिल्लामा गठन हुन बाँकी जिल्ला संयोजन समिति गठन गर्ने र मुख्य सहरहरूमा संघीयता, धर्मनिरपेक्षतालगायतमा उठेका सवालहरू चिर्ने गरी कार्यक्रम गर्नेबारे छलफल भएको बताउनुभयो।

त्यस्तै उहँँले सरकारले पछिल्लो समय भ्रष्टाचारविरूद्ध शुरु गरेकोको महत्वपूर्ण भएको भन्दै सरकारको अभियानप्रति धन्यवाद समेत ज्ञापन गरेको बताए ।