सोमवार, जेष्ठ ७, २०८१

काठमाडौं रेजर्सलाई पराजित गर्दै ललितपुर सिटी नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा

 काठमाडौं पुस ११/ अनुप प्रधान

नेपाल सुपर लिग अन्र्तगत काठमाडौं रेजर्सलाई ३- शून्य गोलले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा पुगेको छ ।पहिलो हाफको खेल सकिदाँ ललितपुरले ३ –० को अग्रता दिन ललितपुरका लागि इमु इजिकेल र पापा इबु केबेले गोल गरेको हो ।  केबेको प्रहारलाई काठमाडौंका अन्जल श्रेष्ठले रोकेपनि रिबाउन्ड बलमा इजिकेलले सहजै गोलमा परिणत गरेका थिए ।

अनन्त तामाङको हेड प्रहारलाई काठमाडौंका डिफेन्डर कुलदीप कार्कीले रोकेपनि गोल लाइनमा खसेको बलमा केबेले गोल गरेका थिए ।

अघिल्लो सिजनमा ललितपुरलाई ३(शून्यले नै हराउँदै काठमाडौं फाइनलमा पुगेको थियो । यो सिजनमा ललितपुरले सोही अन्तरको जित दर्ता गेकोहो ।  नेपाल सुपर लिगको विहीबार हुने दोस्रो क्वालिफायरमा ललितपुरले पोखरा थन्डर्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा धनगढीसँग पेनाल्टीमा ४-३ ले पराजित भएसँगै पोखरा दोस्रो क्वालिफायरमा पुगेको हो ।