सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेसको तर्फबाट दुइदर्जन भन्दा बढी नेता आकाङ्क्षी

काठमाडौं पुस ११,
आसन्न राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तासाmेदार दल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्न  दुइदर्जन भन्दा बढी नेताले आकाङ्क्षा देखाएका छन । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश समितिले केन्द्रीय कार्यालयमा पठाउने उम्मेदवार आकाङ्क्षीको सूची तयार पार्दा २५ केन्द्रीय नेताको नाम आएको हो ।

कोशी र बागमतीबाट ८९८ जना, गण्डकीबाट ५, लुम्बिनीबाट ४ जना र कर्णालीबाट एक जना केन्द्रीय नेता राष्ट्रियसभा सदस्य उम्मेदवारको आकाङ्क्षी देखिएको हो ।  कोशीबाट केन्द्रीय नेताहरू कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल, डा.डिला संग्रौला, सुजाता कोइराला, तारामान गुरुङ, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको नाम सिफारिस भएको छ। नेताहरू महेश आचार्य र गुरुराज घिमिरेको नाम प्रदेशबाट सिफारिस गरिएको छ।

कोशीबाट पूर्व केन्द्रीय सदस्यमा पवन सारडा, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, हसन अन्सारी लगायतको नाम पनि राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरिने प्रदेश समितिले जनाइको छ ।  बागमती प्रदेशबाट केन्द्रीय सदस्य मदन अमात्य, जिपछिरिङ लामा, दिलमान पाख्रिन, हरिशरण नेपाली, जितजङ बस्नेत, गंगालक्ष्मी अवाल, राधा घले र मदनकृष्ण श्रेष्ठ उम्मेदकारका लागि आकंक्षी रहेको छ ।

त्यस्तै कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, काठमाडौं महानगरका सभापति निलकाजी शाक्यको नाम समेत सिफारिस भएको छ। बागमतीबाट पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल र चिकित्सक संघका पूर्वअध्यक्ष डा। केदारनरसिंह केसीको नाम पनि सिफारिस भएको छ। १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित बाबुकृष्ण सापकोटाको नाम पनि बागमतीबाट सिफारिस भएका छन ।

गण्डकीबाट केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, चीनकाजी श्रेष्ठ, कृष्णचन्द्र नेपाली पोखरेल, ध्रुव वाग्ले, अब्दुल सतारको नाम सिफारिस गरिएको छ। पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सहमहामन्त्रीका उम्मेदवार देवराज चालिसे लगायतको नाम गण्डकीबाट पठाइएको छ ।

लुम्बिनीबाट केन्द्रीय सदस्यहरू डा। गोविन्द पोखरेल, पुष्पा भुसाल, भरत शाह र चन्द्र केसीको नाम पठाइएको थाहा भएको छ भने कर्णालीबाट केन्द्रीय सदस्य मानबहादुर नेपालीको नाम कर्णालीबाट सिफारिस भएको बुझिएको छ।