सोमवार, जेष्ठ ७, २०८१

बाराको अमलेखगन्जमा यात्रुवाहक बस दुर्घटना: तीन को मृत्यु २७ जना घाइते

 काठमाडौं पुस ४
बारामा गएराती यात्रुवाहक बस र ट्रक ठोक्किँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काकड्भिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे बाराको अमलेखगन्ज ३ नम्बर पुल नजिक एक आपसमा ठोक्किएर दुर्घटना भएको बुझिएको छ।

त्यस्ते बारा प्रहरीले दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक हरि शम्शेर र अर्का सनाखत हुन नसकेका एक पुरुषको उपचारको क्रममा हेटौंडा सरकारी अस्पतालमा मृत्यु भएको जनाएको छ ।

साथै घाइतेमध्ये ७ जनाको अवस्था सिकिस्त रहेकाले उपचारका लागि हेटौँडा तथा चितवन मेडिकल कलेज पठाइएको जानकारीदिदै प्रहरीले छ । अन्य २० जना घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।