सोमवार, जेष्ठ ७, २०८१

चपली, बूढानीलकण्ठ ,हात्तीगौंडा र गोंगबु बसपार्क क्षेत्रमा चार दिन विद्युत् सेवा अवरुद्ध हुने

 काठमाडौं पुस ४,

नेपाल विद्युत् प्राधिकरणले आजदेखि चार दिन काठमाडौंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने सार्वजनिक सूचना जारी गरेको छ ।

प्राधिकरणले जारी सूचनामा महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि बिहान ९ः३० देखि दिउँसो २ बजेसम्प विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

बुधबार चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द सूचनामा उल्लेख गरेको छ।