एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं पुस २,

एनसेलको शेयर खरिद९बिक्री प्रकरण विरूद्ध स्वतन्त्र सासंद डा. अमरेशकुमार सिंहले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ माग गर्दै   कारण देखाऊ आदेश जारी गरेको छ।

लामो समयदेखि ‘हेर्न नभ्याइने’ मा परेको सिंहको रिटमा मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सुनवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै पुस १६ गते दुवै पक्षलाई छलफलमाबोलाउदै    जारी आदेशमा  निवेदकको मागअनुसार परमादेश जारी किन नहुनुपर्ने  १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।

सांसद सिंहले दायर रिट निवेदनमा मुलुकको मौजुदा कानुनी व्यवस्थाको वर्खिलाप राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिद९बिक्री भएको दाबी गर्दै शेयर खरिद-बिक्रीको कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।

त्यस्ते दायर रिटमा एनसेल आजियाटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजस्व विभाग मातहतका ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31