सोमवार, जेष्ठ ७, २०८१

१० प्रकारका औषधी उत्पादन र विक्री वितरणमा विभागले लगायो रोक

काठमाडौं पुस ३,
औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ । विभागले एक सूचना जारी गर्दै प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि नेपाली र भारतीय कम्पनीले उत्पादन गर्दै आएका १० प्रकारका औषधी उत्पादन र विक्री वितरणमा रोक लगाएको छ ।

विभागले उत्पादन र विक्री वितरणमा रोग लगाएको औषधिहरुमा क्रमस लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी रहेका छन ।

यस्तै लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी उत्पादनमा रोक लगाएको जनाउ सहित विभागले प्रस्तुत औषधि औषधि सल्लाहकार समितिको सिफारिस प्राप्त नभएसम्मका लागि उत्पादन र विक्री वितरण नगर्न भनेको छ।

यस विषयमा विभागको महानिर्देशक नारायण् प्रसाद ढकालसंग जिज्ञासा राख्दा उहाँले तथ्यमा आधारित उपचारलाइ सहयोग गर्न र अनावश्यक औषधिको प्रयोगलाइ रोक्नका लागि यस किसिमको निर्णय भएको बताउनुभयो ।

साथै उहाँले वजारमा मुलत दुखाइ कम गर्ने मधुमेहका विरामीले प्रयोग गर्ने एकै प्रकारका मलेक्यूका विभिन्न औषधि पाइएको अवस्था समेतलाइ दृष्टिगत गर्दै ती औषधिको प्रभावकारिता र उपयोगिताको परीक्षणका लागि समेत तत्कालका लागि औषधिको उत्पादन र विक्री वितरणमा रोक लगाइएको बताउनुभयो ।