सोमवार, जेष्ठ ७, २०८१

एनसेलको शेयर खरिद-बिक्री अस्वाभाविक रहेको प्रम प्रचण्डको जनाउ

काठमाडौं पुस ३,
प्रधानमन्त्री प्रचण्डले राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा एनसेलको शेयर खरिद(बिक्री अस्वाभाविक रहेको बताएका छन्।

त्यस्तै बैठकमा प्रम प्रचण्डले एनसेलको वैदेशिक लगानी, शेयर खरिद९बिक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतका विषयमा प्रमाण तथा कागजात संकलन भइरहेको जनाउ सहित अध्ययन तथा छानबिन समितिको यकिन राय-सुझाव सहितको प्रतिवेदन प्राप्त भएपछि त्यस आधारमा सरकारले आवश्यक कदम चाल्ने उद्घोष् गर्नुभयो ।

साथै बैठकमा प्रम प्रचण्डले एनसेल प्रकरणमा कतै कसैबाट कानुनविपरीतका कामकारबाही भएरगरेको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको भन्दै एनसेल शेयर खरिद(बिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति मार्फत आवश्यक अनुसन्धान सुरु गरेको बताउनुभयो ।