सोमवार, जेष्ठ ७, २०८१

भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली चाहिन्छः प्रधानमन्त्री

बर्दिवास पुस १ ,

प्रधानमन्त्री प्रचण्डले देशमा भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताउनुभएको छ।

आइतबार दिउँसो जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दवावमा गरेको भन्दै आधारभूत तहदेखि नै हाम्रो पाठय्क्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको बताउनुभएको हो।

त्यस्तै सम्बोधनको क्रममा उहाँले हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोंच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिदै आधारभूत तहदेखि नै हाम्रो पाठय्क्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको बताउनुभयो ।